परिचय

नेपालको कुल क्षेत्रफलको करिव ४४.७४% भूभाग वन ज्रगलले ढाकेको छ । कृषि लगायत पर्यटन, वातावरण, जैविक विविधता ए्रव भौगोलिक विकास संरचनाको मेरुदण्डको रुपमा रहेको वन क्षेत्रबाटै मुलुकवासिका अधिकाँस दैनिक आवश्यकताका काठ ईन्धन ७०%, पशुआहार ४०%, जडिबुटि लगायत काष्ठ एंव गैरकाष्ठ वन पैदावारको आपुर्ति हुँदै आएकोे छ । त्यसैगरि वन तथा जलाधार संरक्षणको माध्यामबाट कृषि योग्य भूमिको संरक्षण र उत्पादकत्वमा बृद्धि, पानिमुहान, वन्यजन्तु र जैविक विविधताको संरक्षण, जलवायु शुद्धिकरण जस्ता मानव स्वास्थ्य एंव प्रकृति संरक्षण र वातावरणीय स्वच्छता कायम राख्ने कार्यमा ठुलो टेवा पुगेको छ ।

नेपालको मानचित्रमा कान्जिरोवा हिमालको काखमा तथा भेरी नदीको छेउमा अवस्थित यस जाजरकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत एक पहाडी जिल्लाको रुपमा पूर्वमा रुकुम पश्चिम, पश्चिममा सुर्खेत र दैलेख, उत्तरमा जुम्ला र डोल्पा र दक्षिणमा सल्यान र सुर्खेत जिल्ला रहेका छन । जिल्लाको कुल क्षेत्रफल २२२१०० हेक्टर रहेकोमा समुद्रि ुसतह देखि ६१० मिटर उचाई देखि ५४१२ मिटरको उचाई सम्म २८० ३७देखि २९० ०७उत्तरी अक्षाँस देखि ८१० ४९देखि ८२० ३४ पूर्वि देशान्तर सम्म फैलियको छ । जिल्लाको कुल भूभागको करीब १२९१२१ हेक्टर अथवा ५८.१४५ भन्दा बढी क्षेत्रफल वन क्षेत्रले ढाकेको छ भने यहाँको ९३५ जनताको मुख्य पेशा कृषी र वन क्षेत्र संग सम्वन्धित क्रियाकलाप सँग आवद्ध रहेका छन । वन व्यवस्थापनका विभिन्न पद्धतिहरु मध्ये यस जिल्लामा मुख्यगरी सामुदायिक वन, सरकारीद्धारा व्यवस्थित वन , कवुलियति वन तथा निजि वन व्यवस्थापन पद्धति द्धारा वनको संरक्षण , संम्बद्र्धन तथा सदुपयोग हुँदै आईरहेको छ । जिल्लाको कुल वन क्षेत्रको ३८.४२ % वन क्षेत्र सामुदायिक वनको रुपमा उपभोक्ता समुह गठन गरि वन व्यवस्थापन हुँदै आईरहेको छ

समग्र जिल्लालाई वन व्यवस्थापनको हिसावले १ वटा डिभिजन तथा ६ वटा सव डिभिजन वन कार्यालय मार्फत वन व्यवस्थापन कार्य हुँदै आईरहेकोमा। संघिय नेपालको संरचना अनुसार जाजरकोट जिल्ला १ संसदिय तथा २ प्रादेशिक निर्वाचन क्षेत्र, ३ नगरपालिका तथा ४ गाउँपालीकाको रुपमा बिभाजन गरिएको छ जसमा वन क्षेत्रको हिसावले सबै भन्दा बढि वन क्षेत्र बारेकोट गाउँपालीका (२५.९७%) तथा सवै भन्दा कम भेरी नगरपालीका(९.८९%)मा पर्दछ ।

यातायातको दृष्टिले निकै कठिन रहेको र प्राकृतिक स्रोतको हिसाबले निकै धनी जिल्लाको रुपमा रहे पनि हाल यातायातको पहुँच केही हदसम्म सहज भएको मानिन्छ । अन्य भौतिक पूर्वाधार को अभावको साथै यातायात र सञ्चारको उचित विकास र जिल्लाको सबै क्षेत्रमा सडक मार्ग जोडिन नसकेकोले जिल्लाको विकासलाई थप कठिन बनाएको छ । प्राकृतिक सम्पदा खासगरी वन जंगल, तथा जडिबुटि जुन सम्पदा यहाँ जिल्लाको प्रमुख प्राकृतिक सम्पदाको रुपमा रहेको छ र यसको विकास विना जिल्लाको समष्टिगत विकासको कल्पना गर्न सकिदैन उल्लेखित क्षेत्रहरुको उचित विकास गरी प्राप्त प्रतिफललाई आम जनता सम्म पु¥यााउन सके जिल्लालाई एउटा सम्पन्न जिल्लाको रुपमा स्थापित गर्न सकिन्छ । भूउपयोगिता अनुसार भूक्षेत्रको प्रयोगको अभावले भूउत्पादकत्वमा कमी, भूक्षय, बाढी, पहिरोको प्रकोप दिन प्रतिदिन बढ्दै गई भूक्षेत्रबाट प्राप्त हुने निरन्तरको लाभबाट बच्चित हुने अवस्था श्रृजना हुदै गएको छ ।
जलवायु विविधताले प्राप्त वन ,वनस्पति, जडिबुटी लगायत अन्य जीवहरुको विविधतालाई विकास गर्नु जिल्लाको कठिन भूबनोट, भीर पहरा आदिले गर्दा अपरिहार्य रहेको छ । छरिएर रहेको गाउँ बस्तीको वरिपरी रहेका वन क्षेत्रको विकास स्थानिय जनताको सहभागीतामा विना सम्भव नभएकोले स्थानीय समुदायमा भएको आवश्यकता र महत्व बारे वोध गराई वन विकास कार्यमा सहभागी गराउन उत्प्रेरित गर्ने लक्ष्य लिएको छ ।