हाम्रो बारेमा

नेपालको कुल क्षेत्रफलको करिव ४४.७४% भूभाग वन ज्रगलले ढाकेको छ । कृषि लगायत पर्यटन, वातावरण, जैविक विविधता ए्रव भौगोलिक विकास संरचनाको मेरुदण्डको रुपमा रहेको वन क्षेत्रबाटै मुलुकवासिका अधिकाँस दैनिक आवश्यकताका काठ ईन्धन ७०%, पशुआहार ४०%, जडिबुटि लगायत काष्ठ एंव गैरकाष्ठ वन पैदावारको आपुर्ति हुँदै आएकोे छ । त्यसैगरि वन तथा जलाधार संरक्षणको माध्यामबाट कृषि योग्य भूमिको संरक्षण र उत्पादकत्वमा बृद्धि, पानिमुहान, वन्यजन्तु र जैविक विविधताको संरक्षण, जलवायु शुद्धिकरण जस्ता मानव स्वास्थ्य एंव प्रकृति संरक्षण र वातावरणीय स्वच्छता कायम राख्ने कार्यमा ठुलो टेवा पुगेको छ ।

नेपालको मानचित्रमा कान्जिरोवा हिमालको काखमा तथा भेरी नदीको छेउमा अवस्थित यस जाजरकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत एक पहाडी जिल्लाको रुपमा पूर्वमा रुकुम पश्चिम, पश्चिममा सुर्खेत र दैलेख, उत्तरमा जुम्ला र डोल्पा र दक्षिणमा सल्यान र सुर्खेत जिल्ला रहेका छन । जिल्लाको कुल क्षेत्रफल २२२१०० हेक्टर रहेकोमा समुद्रि ुसतह देखि ६१० मिटर उचाई देखि ५४१२ मिटरको उचाई सम्म २८० ३७’ देखि २९० ०७’ उत्तरी अक्षाँस देखि ८१० ४९’ देखि ८२० ३४ ’ पूर्वि देशान्तर सम्म फैलियको छ । जिल्लाको कुल भू–भागको करीब १२९१२१ हेक्टर अथवा ५८.१४५ भन्दा बढी क्षेत्रफल वन क्षेत्रले ढाकेको छ भने यहाँको ९३५ जनताको मुख्य पेशा कृषी र वन क्षेत्र संग सम्वन्धित क्रियाकलाप सँग आवद्ध रहेका छन । वन व्यवस्थापनका विभिन्न पद्धतिहरु मध्ये यस जिल्लामा मुख्यगरी सामुदायिक वन, सरकारीद्धारा व्यवस्थित वन , कवुलियति वन तथा निजि वन व्यवस्थापन पद्धति द्धारा वनको संरक्षण , संम्बद्र्धन तथा सदुपयोग हुँदै आईरहेको छ । जिल्लाको कुल वन क्षेत्रको ३८.४२ % वन क्षेत्र सामुदायिक वनको रुपमा उपभोक्ता समुह गठन गरि वन व्यवस्थापन हुँदै आईरहेको छ ।

समग्र जिल्लालाई वन व्यवस्थापनको हिसावले १ वटा डिभिजन तथा ६ वटा सव डिभिजन वन कार्यालय मार्फत वन व्यवस्थापन कार्य हुँदै आईरहेकोमा। संघिय नेपालको संरचना अनुसार जाजरकोट जिल्ला १ संसदिय तथा २ प्रादेशिक निर्वाचन क्षेत्र, ३ नगरपालिका तथा ४ गाउँपालीकाको रुपमा बिभाजन गरिएको छ जसमा वन क्षेत्रको हिसावले सबै भन्दा बढि वन क्षेत्र बारेकोट गाउँपालीका (२५.९७%) तथा सवै भन्दा कम भेरी नगरपालीका(९.८९%)मा पर्दछ ।

यातायातको दृष्टिले निकै कठिन रहेको र प्राकृतिक स्रोतको हिसाबले निकै धनी जिल्लाको रुपमा रहे पनि हाल यातायातको पहुँच केही हदसम्म सहज भएको मानिन्छ । अन्य भौतिक पूर्वाधार को अभावको साथै यातायात र सञ्चारको उचित विकास र जिल्लाको सबै क्षेत्रमा सडक मार्ग जोडिन नसकेकोले जिल्लाको विकासलाई थप कठिन बनाएको छ । प्राकृतिक सम्पदा खासगरी वन जंगल, तथा जडिबुटि जुन सम्पदा यहाँ जिल्लाको प्रमुख प्राकृतिक सम्पदाको रुपमा रहेको छ र यसको विकास विना जिल्लाको समष्टिगत विकासको कल्पना गर्न सकिदैन उल्लेखित क्षेत्रहरुको उचित विकास गरी प्राप्त प्रतिफललाई आम जनता सम्म पु¥यााउन सके जिल्लालाई एउटा सम्पन्न जिल्लाको रुपमा स्थापित गर्न सकिन्छ । भू–उपयोगिता अनुसार भू–क्षेत्रको प्रयोगको अभावले भू–उत्पादकत्वमा कमी, भू–क्षय, बाढी, पहिरोको प्रकोप दिन प्रतिदिन बढ्दै गई भू–क्षेत्रबाट प्राप्त हुने निरन्तरको लाभबाट बच्चित हुने अवस्था श्रृजना हुदै गएको छ ।
जलवायु विविधताले प्राप्त वन ,वनस्पति, जडिबुटी लगायत अन्य जीवहरुको विविधतालाई विकास गर्नु जिल्लाको कठिन भू–बनोट, भीर पहरा आदिले गर्दा अपरिहार्य रहेको छ । छरिएर रहेको गाउँ बस्तीको वरिपरी रहेका वन क्षेत्रको विकास स्थानिय जनताको सहभागीतामा विना सम्भव नभएकोले स्थानीय समुदायमा भएको आवश्यकता र महत्व बारे वोध गराई वन विकास कार्यमा सहभागी गराउन उत्प्रेरित गर्ने लक्ष्य लिएको छ ।